• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    पाकिस्तानमा ६ पत्रकारको हत्या

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १३:२९
    2.2K
    SHARES
    पाकिस्तानमा ६ पत्रकारको हत्या

    एजेन्सी । पाकिस्तानमा सन् २०२४ मा पत्रकारको हत्याका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले सार्वजनिक गरेको तथ्यांकमा पाकिस्तानमा उक्त अवधिमा ६ जना पत्रकारको हत्या भएको छ ।

    त्यसअघि सन् २०२१ यता पाकिस्तानमा एक जना पत्रकार पनि मारिएका थिएनन् । यद्यपि राजनीतिक अस्थिरताका कारण एकै वर्षमा पाकिस्तानले ६ जना पत्रकार गुमाएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

    पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार उक्त अवधिमा इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका क्रममा सबैभन्दा धेरै पत्रकार मारिएका छन् । सो अवधिमा उक्त युद्धका क्रममा ८५ जना पत्रकारको हत्या भएको छ । मारिनेमध्ये ८२ जना प्यालेस्टाइनी छन् । दोस्रोमा सुडान र पाकिस्तानमा समान ६ जना पत्रकारको हत्या भएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP