• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नेपाली जनसम्पर्क समिती नेदरल्यान्डको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ निर्वाचित

    • lumbinisanjal
    • २०८३ श्रावण १९, मंगलवार २२:२९
    689
    SHARES
    नेपाली जनसम्पर्क समिती नेदरल्यान्डको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ निर्वाचित

    बुटवल । नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको सातौं अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको छ।

    नवनिर्वाचित कार्यसमितिमा जितेन्द्र कुमार श्रेष्ठ सभापति, सिता थापा र बुद्धि प्रसाद नेपाल (सौरभ) उपसभापति, दिपक आचार्य महामन्त्री, शिब रिजाल कोषाध्यक्ष तथा ज्ञानेन्द्र जंग शाही सदस्यमा निर्वाचित हुनुभएको छ। साथै नेपाली कांग्रेसको आगामी महाधिवेशन प्रतिनिधिका रूपमा शालिकराम गौतम लगायत अन्य प्रतिनिधिहरू पनि चयन हुनुभएको छ।

    नवनिर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। त्यसैगरी आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको निर्वतमान सभापति शालिकराम गौतम तथा सम्पूर्ण कार्यसमितिप्रति योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

    अधिवेशन सम्पन्न गर्न प्रतिनिधिको जिम्मेवारी प्रदान गरेकोमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिप्रति पनि आभार व्यक्त गरिएको छ।
    #lumbinisanjal



    lumbinisanjal   
  • २०८३ श्रावण १९, मंगलवार २२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP