• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    बयानपछि केपी ओलीको स्थानहद फुकुवा

    • lumbinisanjal
    • २०८२ पुष २१, सोमबार १४:४७
    1.8K
    SHARES
    बयानपछि केपी ओलीको स्थानहद फुकुवा

    काठमाडौँ,२१ पुस । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ। गत भदौ २३- २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो ।

    आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो ।

    पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले आइतबार एकजना सहसचिवलाई गुण्डू पठाएर लिखित बयान लिएको हो ।

    पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले लिखित बयान नै दिएका हुन् । उनले आइतबार नै उक्त प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा पनि अढाई घण्टा लामो बयान दिएका छन् ।

    दुवै पक्षको सहमतिमा मध्यमार्ग अपनाएपछि ओलीले लिखित रूपमा बयान दिएका हुन् । आयोगको टोली आइतबार उनीकहाँ पत्र लिएर पुगेपछि बयान नै दिएर पठाएका थिए ।



    lumbinisanjal   
  • २०८२ पुष २१, सोमबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP