• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस महाधिवेशन वैशाख २८–३१ मा गर्न पूर्णबहादुरको प्रस्ताव

    • lumbinisanjal
    • २०८२ पुष १८, शुक्रबार १७:२५
    1.9K
    SHARES
    कांग्रेस महाधिवेशन वैशाख २८–३१ मा गर्न पूर्णबहादुरको प्रस्ताव

    काठमाडौं ,१८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले तत्काल महाधिवेशन सम्भव नभएकोले वैशाख अन्तिमको मिति प्रस्ताव गरेका हुन् ।

    यसअघि घोषित पुस २७ देखि २९ सम्म नहुने भएपछि २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरिएको जानकारी कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले दिए ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अहिले नै विशेष महाधिवेशन गर्ने तयारीमा छन् । खड्काको प्रस्तावले विवाद थप चर्किने देखिएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष १८, शुक्रबार १७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP