• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

    • lumbinisanjal
    • २०८२ पुष १०, बिहीबार ०९:३३
    1.1K
    SHARES
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

    काठमाडौं,१० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा ब्रिफिङ गरेका थिए ।

    बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका छन् । तर महामन्त्री थापाले वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

    सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने छ । बैठकले तालिका संशोधन गर्ने वा महामन्त्री थापाकै प्रस्तावअनुसार अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।



    lumbinisanjal   
  • २०८२ पुष १०, बिहीबार ०९:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP