• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नवलपरासी– २ बाट देवेन्द्रराज कँडेल एकल सिफारिस

    • lumbinisanjal
    • २०८२ मंसिर २५, बिहीबार २०:११
    1.5K
    SHARES
    नवलपरासी– २ बाट देवेन्द्रराज कँडेल एकल सिफारिस

    बुटवल ,२५ मंसिर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ नवलपरासी २ बाट देवेन्द्रराज कँडेलको नाम एकल सिफारिस भएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले पूर्वराज्यमन्त्रीसमेत रहेका कँडेलको नाम सर्वसम्मत चयन गरेको हो ।

    त्यस्तै, समानुपातिकतर्फ विक्रमप्रसाद यादव, सुनिताकुमारी सुवेदी श्रेष्ठ र राष्ट्रियसभा सदस्यका लागि अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस भएको क्षेत्रीय समापति माधवप्रसाद पाण्डेले जानकारी दिए ।

    कँडेल यसअघि २०७९ को चुनावमा राप्रपाका नेता ध्रुवबहादुर प्रधानसँग पराजित भएका थिए ।



    lumbinisanjal   
  • २०८२ मंसिर २५, बिहीबार २०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP