• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    पेरिसमा जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन : शिवराम भण्डारी निर्विरोध सभापति

    • lumbinisanjal
    • २०८३ श्रावण २५, सोमबार १२:५८
    988
    SHARES
    पेरिसमा जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन : शिवराम भण्डारी निर्विरोध सभापति

    ध्रुवराज पौडेलको प्रमुख आतिथ्य र अंकील ओलीको पर्यवेक्षणमा नयाँ नेतृत्व चयन
    पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनबाट शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। आइतबार, ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले संस्थालाई थप एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।
    निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गानपछि लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

    अधिवेशनमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएको हो।

    कार्यक्रममा नेपाली जनसम्पर्क समिति पूर्वमहामन्त्री तथा एनआरएनए फ्रान्सका पूर्वमहासचिव कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, पत्रकार दीपक चालिसे, संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति थियो। संस्थापक सभापति अर्याल र संस्थापक कोषाध्यक्ष गुरुङलगायतले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै संस्थाको उद्देश्य र भूमिकालाई थप प्रभावकारी बनाउन सुझाव तथा मार्गदर्शन दिनुभएको थियो।

    दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हाल्नुभएका सुधीर रानाले आफ्नो कार्यकालका अनुभव प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नवनिर्वाचित सभापति शिवराम भण्डारीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र प्रवासमा रहेका नेपालीबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    नयाँ कार्यसमिति
    सभापति: शिवराम भण्डारी
    वरिष्ठ उपसभापति: कृष्ण गुरुङ
    उपसभापति: विकास के.सी. र सुजन राज भट्ट
    महामन्त्री: सुशिल भण्डारी
    सहमहामन्त्री: विवेक धमला
    कोषाध्यक्ष: दिपेन्द्र दाहाल
    सदस्य: सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा
    निर्वाचन संयोजक सुवर्णविक्रम हमालले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र संस्थाको विधानअनुसार सम्पन्न भएको घोषणा गरेसँगै अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको थियो।

    नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै नेपाली जनसम्पर्क समिति फ्रान्समा संगठनात्मक एकता र आगामी कार्यदिशालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २५, सोमबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP