• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै देउवा, एकल नाम सिफारिस

    • lumbinisanjal
    • २०८२ मंसिर २५, बिहीबार १९:४८
    1.7K
    SHARES
    डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै देउवा, एकल नाम सिफारिस

    कैलाली,२५ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् ।

    नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले उनको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।

    देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । २०४८ सालदेखि हालसम्म अपराजित रहेको देउवा मात्रै एक नेता हुन् ।

    राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २५, बिहीबार १९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP