• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    ईटीजीको बुटवल शाखा शुभारम्भ : ‘विद्यार्थीको भविष्यमा सम्झौता हुँदैन’

    • lumbinisanjal
    • २०८२ मंसिर १४, आईतवार १९:०१
    5.9K
    SHARES
    ईटीजीको बुटवल शाखा शुभारम्भ : ‘विद्यार्थीको भविष्यमा सम्झौता हुँदैन’

    बुटवल, १४ मंसिर। उच्च शिक्षा अध्ययनका लागि विदेशिन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै बुटवलको ट्राफिकचोकमा एजुकेशन ट्री ग्लोबल (ETG) को नयाँ शाखा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसएसहित युरोपका राष्ट्रहरूमा अध्ययन गर्न चाहने युवाहरूको सहज पहुँचका लागि ईटीजीले बुटवलमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो।

    शाखाको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूको समस्या निराकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ईटीजीले बुटवलमा शाखा विस्तार गर्नु सकारात्मक कदम भएको बताउनुभयो। उहाँले भन्नुभयो , “देशका युवाहरू विदेशिनु विवशजस्तै भएको छ। विदेशमा गएर पढेपछि स्वदेशमै फर्किएर काम गर्न प्रेरित हुने वातावरण सिर्जना गर्नु आजको मुख्य आवश्यकता हो।”

    विदेश पलायनले मुलुकको उत्पादनशक्ति कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले विदेश जाने युवालाई स्वदेशमै टिकाइ राख्न राज्य र निजी क्षेत्र दुवैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

    ईटीजीका सञ्चालक क्षितिज पौडेलले संस्था स्थापना भएको चार वर्षमै एक हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाएको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो “अब राजधानी धाउनुपर्ने बाध्यता हटोस् भन्ने सोचले हामीले बुटवलमा शाखा विस्तार गरेका हौँ। यसले लुम्बिनी प्रदेशभरका विद्यार्थीलाई ठूलो सुविधा मिल्नेछ।”

    ‘सजिलो मात्र होइन, गुणस्तरमै हाम्रो पहिचान हो’ — सुरज खरेल

    बुटवल शाखाका संचालक सुरज खरेलले उद्घाटन समारोहमा बोल्दै संस्थाले शुरूदेखि नै सेवा र परामर्शमा गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले “बुटवलमा स्थापना भएको छ महिनामै १० जनालाई विदेश पठाउन सफल भएका छौँ। हामी विद्यार्थीको भविष्यमा कुनै सम्झौता गर्दैनौँ। सहज, पारदर्शी र विश्वासिलो सेवाकै कारण ईटीजी फरक पहिचान बनाउँदै आएको छ।”

    उहाँले बुटवल शाखाबाट विद्यार्थीहरूलाई निःशुल्क परामर्श, कागजात व्यवस्थापनदेखि भिसा प्रक्रियासम्मका सबै सेवा प्रभावकारी रूपमा दिने जानकारी गराउनुभयो।

    ईटीजीका अर्का संचालक जीवन अधिकारीले काठमाडौं पुतलीसडक र अष्ट्रेलियामा समेत शाखा सञ्चालन भइरहेको भन्दै अष्ट्रेलिया जाने विद्यार्थीलाई त्यहाँबाटै व्यवस्थापन र सहयोग उपलब्ध हुने बताउनुभयो ।

    उहाँले सिराहामा दोस्रो र चितवनमा तेस्रो शाखा सोमबारदेखि सञ्चालनमा आउने जानकारी पनि दिनुभयो।

    सञ्चालनका लागि ५० लाखको लगानी गरिएको बुटवल शाखाबाट ६ जनाले प्रत्यक्ष रोजगारी पाएको संचालक सुरज खरेलले बताउनुभयो ।

     



    lumbinisanjal   
  • २०८२ मंसिर १४, आईतवार १९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP