• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    • lumbinisanjal
    • २०८२ मंसिर १२, शुक्रबार ०९:४३
    1.7K
    SHARES
    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    काठमाडौं,१२ मंसिर । फागुन २१ मा हुने आमनिर्वाचनमा सुरक्षा चुनौती बढिरहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले आसन्न निर्वाचन प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेसँगै अब सुरक्षामा सेना पनि प्रहरीसँगै खट्ने भएका छन् ।

    मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा पठाएको थियो ।
    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १२, शुक्रबार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP