• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मी बाझकटेरीमा जिप दुर्घटना : दुई जना घाइते

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १२:४५
    2.2K
    SHARES
    गुल्मी बाझकटेरीमा जिप दुर्घटना : दुई जना घाइते

    गुल्मी, ०५ मङ्सिर  । गुल्मीको मदाने गाउँपालिका-२ बाझकटेरी ओखरागैरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    अग्लुङ पुर्कोटदह सडक खण्डमा अग्लुङदेखि पुर्कोटदहतर्फ आउँदै गरेको ग १ ज ५५३१ नं. सवारी जिप दुर्घटना हुँदा मदाने गाउँपालिका-२ घर भएकी ३० वर्षीय कबिता परियार र छोरा ८ वर्षीय आदित्य परियारको शरीर र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । घाइतेको स्थानीय मेडिकल पुर्कोटदहमा उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँची लागेकोको सारुले बताउनुभयो ।

    चालक गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह बस्ने ३३ वर्षीय राजु परियारले चलाएको जिपको अचानक सापट भाचिएपछि करिब २०० मिटर तल खसेको थियो । #गोरखापत्र



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP