• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    १६ पुसदेखि नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष लिएर खड्का भेट्न पुगे गगन र विश्वप्रकाश

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १२:१५
    2.1K
    SHARES
    १६ पुसदेखि नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष लिएर खड्का भेट्न पुगे गगन र विश्वप्रकाश

    बुटवल , १४ कार्तिक । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले पार्टीको नियमित महाधिवेशन आगामी पुसमा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    इतर समूहका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेबीच भएको छलफलले मितिको प्रस्ताव गरेको हो ।

    सो मितिको प्रस्ताव गर्दै अहिले थापा र शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा छन् । महामन्त्री शर्माले बिहीबार कार्यवाहक सभापति खड्कालाई भेट्दा सोही मितिको प्रस्ताव राखेका थिए ।

    ‘पुसको १६ बाट नियमित महाधिवेशन गर्न तयारी गरियो भने आमचुनावलाई पनि धक्का पर्दैन र यदि चुनाव सरिहालेमा पनि सहज हुन्छ । चुनावमा जाँदा नयाँ नेतृतवमा जानुपर्छ भन्ने निष्कर्षमा हामी छौँ,’ बालुवाटार भेलामा सहभागी एक पदाधिकारीले भने ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP