• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार १४:१०
    3.4K
    SHARES
    अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन

    काठमाडौं ,११ कार्तिक ।  अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए।

    पर्यटकहरू सम्पर्कविहीन भएपछि खाेजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका अध्यक्ष पुनले बताए।

    हिमपहिरो लगायतका कुनै पनि घना रेकर्ड नगरिएकाले उनीहरू टेलिफोन सम्पर्क नभएको ठाउँमा सकुशल रहेको हुनसक्ने अपेक्षा गरिएको छ।

    हिमपातपछि गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका अन्य पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार १४:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP