• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार १२:२८
    7.2K
    SHARES
    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    बुटवल ,११ कार्तिक । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

    आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँका कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

    आज फेरि प्रतितोला २ हजार ९०० रुपैयाँ घटेपछि २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर २ हजार ९२० रुपैयाँमा किनबेच हुनेछ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार १२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP