• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तरुण दलको ७३औं स्थापना दिवसमा मानवीय कार्य, अनाथ आश्रममा खाद्यान्न वितरण

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार १८:०९
    7.8K
    SHARES
    तरुण दलको ७३औं स्थापना दिवसमा मानवीय कार्य, अनाथ आश्रममा खाद्यान्न वितरण

    बुटवल, १० कार्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्नो ७३औं स्थापना दिवस समाजसेवामुखी कार्यमार्फत मनाएको छ ।

    नेपाल तरुण दल रुपन्देही क्षेत्र नं. २ र बुटवल उपमहानगर समितिको संयुक्त आयोजनामा आइतबार बुटवल–१५ उजेलापुरस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल क्षेत्रीय सभापति हसन्त लामाले गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति प्रजापाल गिरीले समाजमा सामाजिक, सांस्कृतिक र मानसिक रूपमा पछाडि परेका व्यक्तिहरूलाई सहारा प्रदान गर्नका लागि नै तरुण दलको स्थापना भएको बताउनुभयो ।

    प्रमुख अतिथि सभापति प्रजापाल गिरीले , “कसैको पनि घरबास, लत्ताकपडा र खान नपाएर भोकै बस्नुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्ने बताउँदै समाजका कमजोर वर्गप्रति राज्य र नागरिक दुवै संवेदनशील बन्नु आवश्यक रहेको बताउनुभयो । ”

    कार्यक्रममा लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोका मगर, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, नेपाली काँग्रेस महासमिति सदस्य महेश थैव, महाधिवेशन प्रतिनिधि गोपाल पाण्डे, जिल्ला सदस्य गोविन्द खनाल, तरुण दल केन्द्रीय सदस्य अजय रावल , जिल्ला कोषाध्यक्ष बासु बस्याल र काँग्रेस बुटवल नगर समितिका उपसभापति ज्योति भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो  ।

    त्यसैगरी तरुण दल क्षेत्रीय सभापति हसन्त लामाले “तरुण दल केवल राजनीतिक संगठन मात्र नभई, सामाजिक उत्तरदायित्व बोध गर्ने संस्था पनि भएको बताउनुभयो । युवा शक्ति जागरूक, सक्षम र जिम्मेवार बनेर समाज परिवर्तनको अग्रपंक्तिमा उभिनु आवश्यक रहेको उल्लेख गर्दै तरुण एकता आजको आवस्यकता रहेको बताउनुभयो ।”

    कार्यक्रममा नेपाल तरुण दल बुटवल नगर सभापति सुजन पुनले स्वागत मन्तव्य राख्दै  “स्थापना दिवसमा पार्टीका झण्डा मात्र होइन, मानवीय संवेदना पनि फहरिनुपर्छ । आजको सेवा अभियानले युवामा समाजसेवाको भावना जागृत गर्ने विश्वास लिएको कुरा उल्लेख गर्नुभयो ´।

    कार्यक्रमको सञ्चालन विष्णुमाया गुरुङले गर्नुभएको थियो ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार १८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP