• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही क्षेत्र नं–२ मा कांग्रेस बैठक सम्पन्न, संगठन सुदृढ बनाउने संकल्प

    • lumbinisanjal
    • २०८२ आश्विन ५, आईतवार १२:१२
    3.4K
    SHARES
    रुपन्देही क्षेत्र नं–२ मा कांग्रेस बैठक सम्पन्न, संगठन सुदृढ बनाउने संकल्प

    बुटवल,०५ असोज । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं–२ रुपन्देहीद्वारा आयोजित बैठक सम्पन्न भएको छ।
    बैठक क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्व र जिल्ला सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको हो।

    बैठकमा भाद्र २३ र २४ गतेको ‘जेनजी युवा समूहको आन्दोलन’ तथा त्यसपछि देखिएको बिषम परिस्थितिको समीक्षा गरिएको थियो। बैठकले संगठनलाई चलायमान, सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्ने संकल्प समेत गरेको छ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति रामकृष्ण खाँणले हालको चुनौतीपूर्ण परिस्थितिमा पार्टी भित्रको एकता र संयम जरुरी रहेको उल्लेख गर्दै, “जनताप्रतिको उत्तरदायित्व पुरा गर्दै पार्टीलाई अझै चुस्त-दुरुस्त बनाउनु हाम्रो साझा कर्तव्य हो” उहाँले भन्नुभयो।

    त्यसैगरी बैठकका अध्यक्ष क्षेत्रीय सभापति प्रजापाल गिरीले पार्टीभित्रको संगठनलाई गाउँ–गाउँमा सक्रिय र सुदृढ बनाउनेतर्फ जोड दिँदै, “पार्टीको आन्तरिक सुदृढता नै लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड हो” भन्ने धारणा राख्नुभएको थियो ।

    बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पदाधिकारी/सदस्य, महासमिति/महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी/सदस्यसहित नेता मा. जमुना ढकाल, रामबहादुर कार्की, युवराज गिरी, दीर्घबहादुर केसी, बालकुमारी भण्डारी, फणेन्द्रप्रसाद शर्मा, खेलराज पाण्डेय, कुलप्रसाद लामीछाने, कुशुमराज ज्ञवाली, गोबिन्द लम्साल, रबि बिक, शान्ती शर्मा, रीता सेन ओली, सुन्दर गहतराज, हरिप्रसाद अर्याल, गोपाल प्रसाद पाण्डे, जे.बी. गुरुङ, कमला पाण्डे, बेगमकुमारी श्रेष्ठ, रणबहादुर खनाल, बिमलराज भट्टराई, सङ्गीता अर्याल गौतम, लक्ष्मी श्रेष्ठ, मिना जिसी लगायतको सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८२ आश्विन ५, आईतवार १२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP