• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा एसएसडब्लु जापानी भाषा तालिम केन्द्र सञ्चालन, युवालाई रोजगारी र अध्ययनमा सहयोग

    • lumbinisanjal
    • २०८२ भाद्र २१, शनिबार २१:५७
    3.7K
    SHARES
    बुटवलमा एसएसडब्लु जापानी भाषा तालिम केन्द्र सञ्चालन, युवालाई रोजगारी र अध्ययनमा सहयोग

    बुटवल,२१ भदौ  । जापानमा अध्ययन तथा रोजगारीका लागि तयारी गर्न इच्छुक युवाका लागि बुटवल–९, राजमार्ग चौराहामा एसएसडब्लु बुटवल तालिम केन्द्र प्रा.लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ।

    शुक्रबार आयोजित विशेष समारोहमा उद्घाटन गरिएको तालिम केन्द्र बुटवलका युवा व्यवसायीहरू गोविन्द बस्नेत, राजेन्द्र श्रेष्ठ, बासुदेव न्यौपाने र ओमप्रकाश श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको हो।

    यस केन्द्रमार्फत जापानी भाषा तालिम एन–५ देखि एन–३ स्तरसम्मका कक्षा, साथै जेएफटी र जेएलपीटी परीक्षा तयारीसमेत सञ्चालन गरिने जनाइएको छ।

    समारोहमा प्रमुख अतिथि शैक्षिक परामर्श संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य देव कुवँरले विदेशी रोजगारीमा जानुअघि भाषा दक्षता अपरिहार्य हुने बताएका थिए। उनले भने, “भाषा बिना विदेशमा पुग्दा ठूलो समस्या हुन्छ। यसकारण बुटवलमा खुलेको यो तालिम केन्द्र युवाका लागि उपयोगी र समयानुकूल हुनेछ।”

    त्यस्तै, इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले नेपाल सरकारको तोकिएकै शुल्कमा मात्र सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी तथा अभिभावकलाई आर्थिक वा कानुनी मर्कामा नपारिने बताए।

    संचालक गोविन्द बस्नेतले जापानी कम्पनीमा काम गर्न भाषा मात्र नभई कार्यसंस्कृतिको ज्ञान समेत अत्यावश्यक हुने बताए। उनका अनुसार, “जापानमा रोजगारी पाउन भाषा र संस्कृतिको बुझाइ दुवै चाहिन्छ। यही कारण यस तालिम केन्द्रले युवालाई थप प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ।”

    लुम्बिनी प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएको यो तालिम केन्द्रले जापान रोजगारीका आकांक्षी युवालाई भाषा र सीपमा दक्ष बनाई एसएसडब्लु भिसाका लागि सक्षम बनाउने लक्ष्य लिएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र २१, शनिबार २१:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP