• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक १६०-स्लाइस एआई प्रविधि, परासीमा पनि सेवा विस्तार

    • lumbinisanjal
    • २०८२ भाद्र १८, बुधबार १६:०९
    70.2K
    SHARES
    रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक १६०-स्लाइस एआई प्रविधि, परासीमा पनि सेवा विस्तार

    बुटवल ,१८ भदौ ।  बुटवलको अस्पताल लाइनस्थित रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक ए.आई. प्रविधियुक्त सि.टि. स्क्यान सेवा सुरु गरिएको छ।

    रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.ले सञ्चालन गरेको यस केन्द्रमा ए.आई. प्रविधिसहितको उच्च क्षमताको १६०-स्लाइस सि.टि. स्क्यान मेसिन जडान गरिएको सञ्चालक दीपु केसीले जानकारी दिए।

    यो प्रविधियुक्त १६०-स्लाइस सि.टि. स्क्यान पश्चिम नेपालमै पहिलो हो। यसअघि नेपालमा यस प्रविधिको सि.टि. स्क्यान झापा र वीरगञ्जमा मात्र थियो। अब भने बुटवलमा पनि यो सेवा उपलब्ध भएको छ। उच्च गुणस्तरीय इमेज निकाल्ने क्षमताका कारण रोग पहिचान र रिपोर्टिङमा सहज हुने वरिष्ठ रेडियोलोजिष्ट डा. सुरेश थापाले बताए।

    नयाँ प्रविधियुक्त मेसिनमा तीनवटा क्यामेरा जडान गरिएको छ जसले बिरामीको स्वचालित पोजिसनिङ गर्दै न्यून विकिरण उत्सर्जनका साथ अटोमेटिक स्क्यान गर्छ। यसले न्यून समयमा स्क्यान गर्ने र विकिरणको असर न्यून पार्ने सुविधा उपलब्ध गराउने वरिष्ठ रेडियोलोजिष्ट डा. अविशेकमान वज्राचार्यले जानकारी दिए।

    २०७९ सालदेखि युवा व्यवसायीहरूको लगानीमा सञ्चालित केन्द्रमा यसअघि ३२-स्लाइस सि.टि. स्क्यान मेसिन थियो। समयको आवश्यकता अनुसार त्यसलाई प्रतिस्थापन गरी उच्च प्रविधियुक्त मेसिन जडान गरिएको हो। यस प्रविधिबाट होलबडी सि.टि. स्क्यान, एन्जियोग्राम, थ्रीडी, कलर स्क्यानदेखि क्यान्सर स्क्रिनिङसम्मका सेवा उपलब्ध हुने अर्का सञ्चालक रमेश लम्सालले बताए।

    बुटवलमा अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरेसँगै केन्द्रले पश्चिम नवलपरासीका बिरामीलाई लक्षित गर्दै परासीको रामग्राम घण्टाघर चोकमा पनि ३२-स्लाइस सि.टि. स्क्यान सेवा विस्तार गरेको छ। परासीमा घरआँगनमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो विस्तार गरिएको सञ्चालक दीपु केसीले बताए। उनका अनुसार यस कदमले अब काठमाडौँ वा अन्य टाढा जानुपर्ने बाध्यता अन्त्य हुनेछ।



    lumbinisanjal   
  • २०८२ भाद्र १८, बुधबार १६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP