• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेमा नि:शुल्क स्वास्थ्य शिविर , १४४ जनाले लिए सेवा

    • lumbinisanjal
    • २०८२ बैशाख २१, आईतवार २१:२६
    2.3K
    SHARES
    मदानेमा नि:शुल्क स्वास्थ्य शिविर , १४४ जनाले लिए सेवा

    बुटवल , २१ बैशाख । भनभने (गुल्मी)सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीले मदाने गाउँपालिकामा आयोजना गरेको पालिका स्तरिय स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य सेवा लिएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीका अध्यक्ष विष्णु घिमिरेले बताए ।

    शिविर चैत्र २० गते गुल्मीको मदाने ७ को भनभने स्वास्थ्य चौकी परिसरमा बिहान ९ बजे देखि परिक्षण सुरु भएको थियो जहाँ स्त्री रोग सम्बन्धी विविध परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो” अध्यक्ष घिमिरेले भने ।

    स्वास्थ्य परिक्षणको औपचारिक सुरुवात गर्दै बिगतमा ३१ बर्ष स्वास्थ्य क्षेत्रमा सेवा गरेर सेवा निर्वृत्त भए पश्चात मदाने गाउँपालिका अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष महेन्द्र कुँवरले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर धेरै जना महिलाहरुलाई सेवा दिएकोमा सम्पर्क समाजलाई धन्यवाद व्यक्त गरे । गत वर्ष पनि हाडजोर्नी तथा नशा रोग र जनरल फिजिसियन सम्बन्धि बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको सम्पर्क समाजले यस वर्ष स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

    शिविरमा स्वास्थ्य परिक्षणको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्री रोग विशेषज्ञ तथा कन्सल्टेन्ट डा.विधा भुसाल र डा.शिला ढकाल लगायतको उपस्थिति रहेको थियो ।
    शिविरको उद्घाटन कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, मदाने७ का वडा वडा अध्यक्ष सन्तोष के सी, मदाने ६ का वडा अध्यक्ष मनिराम थापा, विशेषज्ञ डाक्टरहरु, जनप्रतिनिधि, कर्मचारी, सम्पर्क समाजका सदस्य तथा पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

    उद्घाटन कार्यक्रमको अध्यक्षता सम्पर्क समाजका अध्यक्ष विष्णु घिमिरे, संचालन महासचिव पदम जि. सि. र स्वागत मन्तब्य सम्पर्क समाजका निवर्तमान अध्यक्ष तथा शिविरको संयोजक लोकनाथ पन्थीको रहेको थियो । शिविरमा मदाने गाउँपालिका वडा नं७ को वडा कार्यालयले समेत सहयोग र समन्वय गरेको छ । सम्पर्क समाजले स्थापना कालदेखि विभिन्न तवरले सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २१, आईतवार २१:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP