• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाए

    • lumbinisanjal
    • २०८२ भाद्र ९, सोमबार ०९:१५
    2.3K
    SHARES
    कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाए

    काठमाडौँ,९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरणसम्बन्धी विवादमा छलफल गर्न सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बैठक बस्नेछ।

    सभापति रामहरि खतिवडाको राजीनामापछि १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।

    साथै, उपसभामुखविरुद्ध कांग्रेस एमालेद्वारा हस्ताक्षर संकलन भइरहेकाले पार्टीभित्रको मतभेद समाधान गर्न देउवाले बैठक आह्वान गरेका हुन्।



    lumbinisanjal   
  • २०८२ भाद्र ९, सोमबार ०९:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP