• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    साउने सोमबार : अविवाहित महिलादेखि व्रतालु भक्तजनसम्मको आस्थाको दिन

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार ०७:३१
    1.8K
    SHARES
    साउने सोमबार : अविवाहित महिलादेखि व्रतालु भक्तजनसम्मको आस्थाको दिन

    साउन,१९ बुटवल । आज २०८२ साल साउन १९ गते सोमबार। साउन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ४ तारिख।

    साउन महिनाको तेस्रो सोमबार भएकाले आज व्रतालुका लागि विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ।

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP