• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मी धुर्कोटमा चितुवाको आतङ्क: दिनदहाडै चार बाख्रा सिकार

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १३:१९
    6.1K
    SHARES
    गुल्मी धुर्कोटमा चितुवाको आतङ्क: दिनदहाडै चार बाख्रा सिकार

    गुल्मी , १२ साउन । गुल्मीमा चितुवाको आतङक बढ्दै गएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोकमा दिनदाहडै चितुवाले चार बाख्रा मारेको छ ।

    जैसिथोक गोपेकी तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

    दिउँसो ३ बजेतिर देउराली सामुदायिक वन जङगलमा बाख्रा चराउन गएको अबस्थामा चितुवाले बाख्रा मारेको प्रहरीले जनाएको छ ।

    केहिदिन अघि रेसुङा नगरपालिका ९ को उपल्लो तम्घासमा एकै बाटो भएर तीन चितुवा हिडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिडडुल गर्न समेत जोखिम भएको छ ।

    इस्मा, रुरु, मदाने, मालिकालगायतका स्थानीय तहका विभिन्न ठाउँमा चितुवाले पशुचौपायामाथि आक्रमण गरिरहेको छ ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १३:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP