• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर बुटवलमा सञ्चालन, एकै थलोमा दर्जनौं विशेषज्ञ सेवा

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार १५:२९
    9.4K
    SHARES
    नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर बुटवलमा सञ्चालन, एकै थलोमा दर्जनौं विशेषज्ञ सेवा

    बुटवल, ५ साउन । बुटवल–६ मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ। रुपन्देहीसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीलाई एकै स्थानमा सहज र गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ सेन्टर सञ्चालनमा ल्याइएको हो।

    हेल्थ सेन्टरका अध्यक्ष मेघदेव पन्तले बिरामीको उत्कृष्ट उपचारसँगै नम्र व्यवहार, विश्वासिलो ल्याब सेवा र सहुलियत दरमा औषधि उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, अब स्थानीय बिरामीहरूलाई उपचारका लागि काठमाडौंजस्ता सहर जानुपर्ने बाध्यता अन्त्य हुनेछ।

    एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको उक्त हेल्थ सेन्टरमा एक दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत सेवा दिइनेछ।
    सेन्टरमार्फत वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा. बिक्रम कार्की, बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, वरिष्ठ फिजिसियन डा. कपिल गौतम  मृगौला रोग विशेषज्ञ डा. जगदिश पाण्डे, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मिला शर्मा, सुगर, प्रेसर, थाइराइड, दम तथा मुटुरोग विशेषज्ञ डा. आयुष्मा भुसाल गौतम, हर्मोन रोग विशेषज्ञ डा. सुमन सिम्खडा र क्यान्सर रोग विशेषज्ञ डा. लोकेन्द्र कुँवरले सेवा प्रदान गर्नेछन्।

    त्यसैगरी, ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा. नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथ रोग विशेषज्ञ डा. सम्राट पराजुली, बालरोग विशेषज्ञ डा. जगदिश कुँवर, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. देबेन्द्रराज बेलबासेलगायत अन्य विशेषज्ञ चिकित्सकहरू पनि कार्यरत छन्।

    यससँगै रेडियोलोजिस्ट डा. प्रशान्त आचार्य, डा. कुन्दन मरासिनी र डा. कबिराज भुसालद्वारा दैनिक भिडियो एक्स–रे सेवा प्रदान गरिनेछ। सेन्टरमा प्लास्टर, नेबुलाइजेसन, प्रयोगशाला सेवा, फार्मेसी तथा घरमै गएर ल्याब जाँचको नमुना संकलन र औषधिको होम डेलिभरी सेवासमेत उपलब्ध रहेको छ।

    हेल्थ सेन्टरको शुभारम्भ अवसरमा एक हप्तासम्म निःशुल्क ओपीडी सेवा, विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श, प्रयोगशाला सेवामा २० प्रतिशत छुट, निःशुल्क सुगर र कोलेस्ट्रोल परीक्षण, दैनिक ५ जनाको निःशुल्क थाइराइड परीक्षण, भिडियो एक्सरेमा ५० प्रतिशत छुट, साथै ईसीजी, एक्सरे र औषधिमा विशेष छुटको व्यवस्था गरिएको छ।

    अध्यक्ष पन्तका अनुसार नागरिक हेल्थ सेन्टरमा उहाँसहित ४ जना युवाको संयुक्त लगानी रहेको छ।
    शुभारम्भको अवसरमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP