• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १६:२२
    2.6K
    SHARES
    पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

    पर्वत,४ साउन । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षा का कारण आएको पहिरोमा विक दम्पती परेका थिए ।

    दुवै जनाको शव पोस्टमार्टमको लागि पर्वत अस्पताल ल्याउदै गरिएको प्रहरीले जनाएको छ।

    राति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP