• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ट्राफिक प्रहरीलाई ‘फ्रुटी’ र मिनरल वाटर: शिशिरको सानो पहल, ठूलो सन्देश

    • lumbinisanjal
    • २०८२ असार २६, बिहीबार २१:३८
    6.2K
    SHARES
    ट्राफिक प्रहरीलाई ‘फ्रुटी’ र मिनरल वाटर: शिशिरको सानो पहल, ठूलो सन्देश

    बुटवल, २६ असार । चर्को घाम, धुलाम्मे सडक, अनि ट्राफिक व्यवस्थापनमा दिनभर खटिने सुरक्षाकर्मीहरू बुटवलको व्यस्त सडकमा उभिएर अनुशासन कायम राखिरहेका ट्राफिक प्रहरीलाई केहीबेरको शितलता र आत्मीयताले छोएको छ—त्यो पनि एक युवाको सानो सहयोगबाट ।

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका–३ निवासी र हाल रूपन्देहीमा बसोबास संगै अध्ययनरत शिशिर गौतमले ट्राफिक प्रहरीलाई मिनरल वाटर र फ्रुटी वितरण गरेका छन्। यति सानो तर भावनाले भरिएको यो कार्यले धेरैको ध्यान खिचेको छ।

    “सामाजिक सेवा ठूला कामबाट मात्र होइन, साना सद्भावनाबाट पनि सुरु हुन्छ,” शिशिरले भने।

    उनको यो कार्य केवल प्यास मेटाउने प्रयत्न थिएन, यो प्रहरीप्रतिको सम्मान र नागरिक उत्तरदायित्वको प्रतीक थियो।

    विद्यार्थी अवस्थामै समाजप्रति यस्तो चेतना राख्नु आफैंमा प्रेरणादायी मानिएको छ।

    शिशिर यसअघि पनि विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। उनको पछिल्लो कामले अन्य युवाहरूलाई पनि सकारात्मक सोच, सद्भावना र समाजप्रतिको उत्तरदायित्वप्रति सचेत बन्न उत्प्रेरणा दिएको छ।



    lumbinisanjal   
  • २०८२ असार २६, बिहीबार २१:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP