• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

    • lumbinisanjal
    • २०८२ असार २१, शनिबार १०:४८
    3.1K
    SHARES
    एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

    काठमाडौं,२१ असार । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।

    मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ ।

    सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । यस्तै, रियान नायकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका शुशील बहादुर रावल र अभय यादवले ३–३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।

    नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।

    प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।



    lumbinisanjal   
  • २०८२ असार २१, शनिबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP