• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    घरेलु झगडाले लियो ज्यान,खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • lumbinisanjal
    • २०८२ असार १८, बुधबार ०७:४५
    3.8K
    SHARES
    घरेलु झगडाले लियो ज्यान,खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    रुकुम,१८ असार । रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गए राति चन्द्रबहादुरले धारिलो हतियार (खुकुरी) घाँटिमा प्रहार गरी देविको हत्या गरेका छन् ।

    उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा गएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ ।

    घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल गएको छ ।

    हत्याका कारण भने खुल्न सकेको छैन । स्थानीयका अनुसार पटक पटक घरमा उनीहरु बिच झगडा हुँदै आएको थियो । गएराति पनि झगडा भइरहेको बेला एक्कासी खुकुरी निकालेर श्रीमतीमाथि प्रहार गरेका थिए ।

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ असार १८, बुधबार ०७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP