• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा पोलमा चढ्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार १४, शनिबार १३:१५
    4.8K
    SHARES
    गुल्मीमा पोलमा चढ्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    गुल्मी,१४ असार । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड नम्बर ७ वाग्लामा विद्युतीय पोलमा चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए ।

    शनिबार बिहान हाइटेन्सन लाइनको फलामको पोलमा चढी निर्माण कार्य गर्दै गर्दा उनलाई अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा रहेका घिमिरेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।

    तर, उपचारको क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मर्भुङबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १४, शनिबार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP