• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा रक्तदान, ६१ पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १६:०८
    4K
    SHARES
    वेस्टर्न मेगा कलेजमा रक्तदान,  ६१ पिन्ट रगत संकलन

    बुटवल,०३ असार  ।  पश्चिम् नेपालको अग्रणी संस्था वेस्टर्न मेगा कलेज बुटवलमा ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    बुटवल १५ ढवाहामा रहेको उक्त कलेजले मंगलबार रक्तदान कार्यकम सम्पन्न गरेको हो ।

    गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशमरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको र कलेजले आफ्‌नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उत्तरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने निति वषलम्बन गरेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा पौडेलले जानकारी दिए।

    उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भग्रुप बफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।

    उक्त कार्यकममा ६१ पिन्ट रगत संकलन भएको थियो।कार्यक्रममा अध्यक्ष मेघनाथ पन्थ, शिक्षक तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    रक्तदान कार्यक्रम कलेजका शिक्षिका कल्पना न्यौपाने तथा उषा खरेलको संयोजकतामा सम्पन्न भएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP