• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ओन्टाके हिमाल यात्रा – एक अविस्मरणीय अनुभव

    • lumbinisanjal
    • २०८२ जेष्ठ २६, सोमबार ००:२४
    4.5K
    SHARES
    ओन्टाके हिमाल यात्रा – एक अविस्मरणीय अनुभव

    जापान , २७ जेठ ।  जापानको सुन्दर प्रदेश नागानोस्थित ओन्टाके हिमाल (Mount Ontake) हाम्रो लागि एक साहसिक यात्रा मात्र नभई आत्मालाई छुने अविस्मरणीय अनुभव रह्यो ।

    चिबाको माचुडो (Matsudo, Chiba) बाट हामी ८ जना नेपाली साथीसहित करिब ३८५ किलोमिटर लामो यात्रा सुरु गर्‍यौँ। यात्रामा सहभागी साथीहरू थिए: राजेश, आश्मा, रूपेश, सन्तोष, प्रबिन, सुरक्षा, शिक्षा र म स्वयं विक्रम पोखरेल।

    गाडीमा नेपाली गीतहरू सुनाउँदै, रमाइलो हाँसो–ठट्टा गर्दै हामीले यो लामो यात्रा सजिलै पार गर्‍यौँ। तर जब हामी पहाडको फेदमा पुग्यौँ, तब वास्तविक यात्रा सुरु भयो।

    ओन्टाके हिमालको बाटो सजिलो थिएन। बाक्लो जङ्गलको डर लाग्दो बाटो, कतै हिलो, कतै चिप्लो हिउँले ढाकिएको लड्न सकिने खतरनाक ट्रेल पार गर्दै हामी अघि बढ्यौँ। बिच–बिचमा बाटो भत्किएको, ल्यान्डस्लाइड आएको ठाउँ पार गर्नु पर्‍यो। तर हाम्रो मनोबल कमजोर भएन।

    साथीहरूको साथ, हाँसो र सहयोगले गर्दा कठिनाइहरूसमेत रमाइलो लाग्न थाल्यो। हामी एक–अर्कालाई हौस्याउँदै, कहिले फोटो खिच्दै, कहिले विश्राम गर्दै अगाडि बढ्यौँ। जति माथि पुग्दै गयौँ, प्रकृतिको सौन्दर्यले झनै मोहित बनायो। हरियाली वन, चिसो हावा र हिमालको स्वच्छता – सबैले मनै लोभ्यायो।

    अन्ततः, थकाइ, कठिनाइ र डर सबैलाई जित्दै हामी ओन्टाके हिमालको टुप्पोमा पुग्यौँ। त्यो क्षण, त्यो दृश्य र त्यो अनुभूति – शब्दमा वर्णन गर्न गाह्रो छ। हामीले सफलताको महसुस गर्‍यौँ, अनि आफूलाई अझ नजिकबाट चिन्न पायौँ।

    यो यात्रा केवल भौगोलिक यात्रामात्र थिएन, यो आत्मा, मित्रता र सहकार्यको पनि यात्रा थियो। जापानको भूमिमा नेपाली आत्मा बोकेर गरिएका हरेक पाइला हामी सबैका लागि प्रेरणादायी रह्यो।

    विक्रम पोख्रेल, धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रौताडी हाल जापान 

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ २६, सोमबार ००:२४
  • #Chiba #japan #Matsudo #Mount ontake japan #Mountain of japan #Tokyo

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP