• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटल र दाङ–रुपन्देही सम्पर्क समाजबिच उपचार सेवाको सम्झौता

    • lumbinisanjal
    • २०८२ जेष्ठ १४, बुधबार २०:२८
    4.8K
    SHARES
    बुटवल हस्पिटल र दाङ–रुपन्देही सम्पर्क समाजबिच उपचार सेवाको सम्झौता

    बुटवल, १४ जेठ । बुटवल हस्पिटल प्राली र दाङ–रुपन्देही सम्पर्क बिचमा सेवा लिनदिने सम्बन्धमा सम्झौता भएको छ । समाजका सदस्यहरुलाई हस्पिटलको सेवामा छुट दिने गरि सम्झौता पत्रमा बुधबार दुबै पक्ष बिच हस्ताक्षर भएको हो ।

    अस्पतालमा परिसरमा एक समारोहका बिच बुधबार हस्पिटलका अध्यक्ष चुन्नुप्रसाद  पौडेल र समाजका अध्यक्ष रेशम बहादुर महराले एक वर्षसम्म सेवा दिने गरि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    कार्यक्रममा हस्पिटलका अध्यक्ष चु्न्नुप्रसाद पौडेलले बुटवलमा आफुहरु २४ वर्षदेखी गुणस्तरीय स्वस्थ्य सेवा दिदै आएको बताए । पछिल्लोसमय पूर्वाधारसमेत विकास गरि सुविधासम्पन्न र गुणस्तरीय सेवालाई ब्यवस्थित गर्न सफल भएको उनले बताए । ‘अस्पतालले बेग्लै पहिचान बनाउन सफल भएको छ ।’–उनले भने । दुई दर्जन बढी विशेषज्ञ चिकित्सकहरुबाट हाल सेवा दिदै आएको उनले बताए । स्वस्थ्य क्षेत्रमा धेरै विकृतिहरु रहेको भन्दै यसलाई चिर्ने गरि आफुहरु लागेको समेत बताए ।

    शिक्षामा अगाडी रहेको रुपन्देहीलाई स्वस्थ्य क्षेत्रमा हब बनाउन धेरै का मगर्न बाकी रहेको उनको तर्क छ । यस क्षेत्रमा बढ्दो जनसंख्याका कारण पनि उपचार दिने अस्पतालको अभाव रहेको भन्दै अझै सुविधासम्पन्न अस्पताल खुल्न जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले संस्थागत रुपमा सहकार्यलाई आगामी दिन थप प्रगाढ बनाउने प्रतिवद्धता जनाए । हाल अस्पतालको बेड चार्ज, क्याबिन, अपरेसन, ल्याब, भिडियो एक्सरे, फिजियोथेरापी लगायतमा सुविधा दिने महत्वपूर्ण सम्झौता भएको उनले बताए ।

    कार्यक्रममा अस्पतालका मेसु डा. कृष्ण खनाल, अस्पतालका प्रशासन प्रमुख विक्रम खड्का, डा. चन्द्रकान्त शर्मा, समाजका महासचिव रमा सुवेदीले अस्पतालबाट सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत आगामी दिनमा सहकार्य गर्ने बताए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १४, बुधबार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP