• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बेलुन विस्फोटको अनुसन्धान गर्न ८ सदस्यीय समिति गठन

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार ०९:४९
    1.8K
    SHARES
    बेलुन विस्फोटको अनुसन्धान गर्न ८ सदस्यीय समिति गठन

    काठमाडौं, ४ फाल्गुन । शनिबार पोखरामा भएको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटनमा बेलुन विस्फोटबारे ८ सदस्यीय छानबिन समिति गठन भएको छ । शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

    गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीसहित छन् ।

    समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यदेश छ । उक्त समितिमा विस्फोटक पदार्थ विज्ञसमेत राखिने पोखरा महानगरपालिकाले जनाएको छ । समितले आजैबाट काम थाल्ने छ । समितिले आइतबारबाटै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस्ता कार्यक्रम गर्दा पूर्वशर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    शनिबार भएको उक्त घटनामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलेर घाइते भएका थिए । शनिबार बेलुकी नै गृहमन्त्री लेखक कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP