• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    पत्रकार महासंघ रुपन्देही : मिडिया कप फुटसल प्रतियोगिता स्थगित

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १६:३८
    3.3K
    SHARES
    पत्रकार महासंघ रुपन्देही : मिडिया कप फुटसल प्रतियोगिता स्थगित

    बुटवल ,१५ चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता स्थगित गरेको छ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिब सी.पी. खनालद्वारा हस्ताक्षरीत विज्ञप्ति जारी गर्दै सूचना प्रवाहका लागि खटिएका एभिन्युज टेलिभिजनका सञ्चारकर्मी सुरेश रजकको मृत्युप्रति शोक व्यक्त गर्दै केन्द्रीय समितिको सर्कुलर अनुसार महासंघ रुपन्देहीले आयोजना गरेका औपचारिक कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

    काठमाडौंमा राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रजकको मृत्यु भएकोमा घटनाप्रति महासंघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनका नाममा विभिन्न सञ्चारगृहहरुका भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

    ७०औं स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने जानकारी गराइएको छ ।

    महासंघ रुपन्देहीले भोलि चैत्र १६ गते शनिबार बिहान ११ बजे पत्रकार महासंघ रुपन्देहीको कार्यालय परिसरमा भेला भएर पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोध सभा गर्ने छ। उक्त सभामा उपस्थित भई आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारमाध्यमविरुद्ध भएको हमला विरुद्ध हातेमालो गर्न महासंघ सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधर सम्पूर्ण नागरिकमा हार्दिक आह्वान समेत गरेको छ ।

    महासंघ रुपन्देहीले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता चैत १८ गते आयोजना हुने र कर्पोरेट कप कार्यतालिकाअनुसार नै चैत १७ गते आयोजना हुने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध समेत गरिएको छ ।

    हेर्नुहोस विज्ञप्ती: 



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP