• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    कृष्णसेन इच्छुकको स्मृति दिवसमा प्रेस सेन्टर गुल्मीद्वारा श्रद्धाञ्जली तथा अन्तरक्रिया सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार २१:०१
    2.5K
    SHARES
    कृष्णसेन इच्छुकको स्मृति दिवसमा प्रेस सेन्टर गुल्मीद्वारा श्रद्धाञ्जली तथा अन्तरक्रिया सम्पन्न

    गुल्मी ,१३ जेठ । सहिद पत्रकार कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल गुल्मीले श्रद्धाञ्जली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    गुल्मीको तम्घासमा सम्पन्न कार्यक्रममा सहिद इच्छुकको तस्वीरमा पुष्प तथा टिका अर्पण गर्दै एक मिनेट मौनधारण गरेर शोक व्यक्त गरिएको थियो ।

    कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर गुल्मीका अध्यक्ष हुमाकान्त पोखरेलले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सचिव प्रेम सुनार सहभागी हुनु भयो। प्रदेश सदस्य डीबी खड्का, सल्लाहकार संयोजक महेश बोहोरा, विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य प्रेस सेन्टर गुल्मीका उपाध्यक्ष बासुदेव पोखरेलले राख्दै सहिद इच्छुकको बलिदानले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनलाई दिशा दिएको उल्लेख गर्नुभयो ।

    प्रदेश सदस्य डीबी खड्काले पत्रकार कृष्णसेन इच्छुकको विचार, साहस र प्रतिबद्धता आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राख्नुभयो। उहाँले वर्तमान पत्रकारितामा पनि इच्छुकको बाटोले नै मार्ग देखाउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि प्रेम सुनारले पत्रकारिता पेशालाई जनताको सेवामा समर्पित गरिनु पर्ने बताउँदै, सहिद इच्छुकजस्ता व्यक्तित्वहरूबाट प्रेरणा लिनु जरुरी रहेकोमा जोड दिनुभयो।

    कार्यक्रमको सञ्चालन सचिव अमृता सेन्चुरीले गर्नुभएको थियो। समापन मन्तव्यमा अध्यक्ष हुमाकान्त पोखरेलले सहिदको सम्झनामा गरिने यस्ता कार्यक्रमहरूले सञ्चारकर्मीहरूलाई थप निष्ठावान, जिम्मेवार र सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार २१:०१
  • #press center Gulmi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP