• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शिक्षामा २० प्रतिशत बजेट छुट्टाउन नेविसंघको माग

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १४:४९
    15.4K
    SHARES
    शिक्षामा २० प्रतिशत बजेट छुट्टाउन नेविसंघको माग

    काठमाडौं ,१२ जेठ । नेपाल विद्यार्थी संघले कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तीमा २० प्रतिशत रकम अनिवार्य रूपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो ।

    त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रूपमा लागू हुनेगरि आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए ।

    उनले महँगी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरूमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

    नेविसंघले वैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १४:४९
  • #dujang sherpa #Nepal student union

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP