• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १८:४४
    2.8K
    SHARES
    यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर

    काठमाडौं,१० जेठ । शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपालिका- १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानियहरु बिच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको सङ्ख्यामा रहेकाहरूबीच झडप भएको हो ।

    स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको सुरक्षा फौजले एसएलआर बाट २ राउण्ड हवाई फायर गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP