• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सर्पको टोकाइबाट महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १५:२८
    1.7K
    SHARES
    सर्पको टोकाइबाट महिलाको मृत्यु

    बर्दिया,१० जेठ  । बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।

    थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

    भेरी अस्पतालमा उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिनु भयो ।

    अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका अस्पताल थारूलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनुभयो । थारूको उपचारको क्रममा शुक्रबार दिउँसो १२ बजेर २० मिनेटमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १५:२८
  • #death #सर्पको टोकाई

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP