• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कर्मचारी युनियनद्वारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १०:४५
    9.1K
    SHARES
    कर्मचारी युनियनद्वारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

    काठमाडौं ,८ जेठ । राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलकाे क्रममा रहेकाे स‌‌ङ्घीय निजामती सेवा विधेयकमा आफ्ना माग मुद्दाकाे सुनुवाइ नभएको भन्दै कर्मचारीहरु आन्दाेलित भएकाे छन ।

    नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिकाे आयाेजनामा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना बसेका छन । विशेषगरी राजपत्र अनङ्कित कर्मचारीहरुकाे वृत्तीविकासका अवसरवाट वन्चित गराउन लागिएकाे भन्दै माग सम्वाेधन नभए कलम बन्द गर्ने सम्मका आन्दाेलनका कार्यक्रम सार्वजनिक गरेका छन ।

    ५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाइ एक श्रेणी र दश वर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुलाइ एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने मुख्य माग रहेकाे छ । त्यसैगरी अन्तरप्रदेश सरुवाकाे व्यवस्था समायाेजन संसाेधन लगायतका मागहरु राखी कर्मचारीहरु आन्दाेलित भएका छन ।

    नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थीका अनुसार शिक्षकहरु पछि हामी कर्मचारीहरु गोलबद्द भएर आन्दोलनमा उत्रेका छौँ। सरकारले कर्मचारीले भनेअनुरुपको सुनुवाइ नगरेपछी चरणबद्द आन्दोलन जारी राख्दै कार्यालयका काम वन्द गरी सडकमा आउन लागेका छौँ , उनले बताए । 

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP