• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि हुने

    • lumbinisanjal
    • २०८२ जेष्ठ ७, बुधबार ०९:३४
    2K
    SHARES
    प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि हुने

    कास्की,७ जेठ ।  देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप- एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।

    नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक काठमाडौं बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछ ।

    प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।

    प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ ।

    प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेता टोलीले आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेता टोलीले चार/चार लाख तथा तृतीय हुने टोलीले दुई/दुई लाख रुपैयाँका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिँढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ७, बुधबार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP