• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १०:४६
    1.6K
    SHARES
    रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । साथै पुटिनले आउँदो बिहीवार टर्कीएको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

    वार्ताको मध्यस्थता र आवश्यक समन्वय गरिदिन टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भनेको पनि पुटिनले जानकारी दिनुभएको छ । त्यसअनुसार एर्दोगानले सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । रुसी राष्ट्रपतिले अबको निर्णय युक्रेनी अधिकारीहरूको हातमा रहेको बताउनुभएको छ । पुटिनको प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आउनुभएको छ । पछिल्लो समय अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौता भइसकेको छ ।

    त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले हिजो युक्रेनको राजधानी कीएभको संयुक्त ऐतिहासिक भ्रमण समेत गर्नुभएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP