• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तीन करोड कर छली गर्ने बुटवलका व्यवसायी र ३६ लाख विदेशी विनिमय अपचलन गर्ने कपिलवस्तुका ४ जनाविरुद्ध मुद्दा

    • lumbinisanjal
    • २०८२ बैशाख २५, बिहीबार २१:०८
    2.6K
    SHARES
    तीन करोड कर छली गर्ने बुटवलका व्यवसायी र ३६ लाख विदेशी विनिमय अपचलन गर्ने कपिलवस्तुका ४ जनाविरुद्ध मुद्दा

    बुटवल, २५ वैशाख । बुटवलका एकजना व्यवसायीविरुद्ध कर छली र कपिलवस्तुका चारजना विरुद्ध विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दायर भएको छ । बुटवलका व्यवसायी बरकत अलि मिया विरुद्ध ३ करोड भन्दा बढी राजस्व चुहावट गरेको भन्दै आन्तरिक राजस्व कार्यालय बुटवलले कर छलीको मुद्दा दायर गरेको हो ।

    आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख राजश्व अधिकृत विवेक घिमिरेका अनुसार भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट गरेको प्रमाणका आधारमा मुद्दा दायर गरिएको हो ।

    बुटवल उपमहानगरपालिका ६ राधाकृष्णपथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका संचालक मियाँविरुद्ध एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ बिगो र यसको शत प्रतिशत जरिवाना रकम एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ गरी तीन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ असुल उपर गर्न तथा कानुन बमोजिम कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार नै मुद्दा दर्ता भएको उनले जनाएका छन् ।

    यसैगरी विभागले विदेशी विनिमय अपचलन सम्बन्धी ‍कसूरमा कपिलवस्तुका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    प्रमुख घिमिरेका अनुसार अनुसन्धानबाट देखिएको तथ्य र प्रमाणबाट प्रतिवादीहरु कपिलवस्तु शुद्धोधन ६, बिमिहाका वर्ष ३५ का राजेशकुमार बर्मा, शुद्धोधन ६, बिमिहाकै वर्ष २६ का राकेशकुमार बर्मा, कपिलवस्तु, मायादेवी १, इमिलियाका वर्ष २८ का हमीद मुसलमान, शुद्धोधन ६, बिमिहाका वर्ष ५६ का जंगबहादुर बर्मा (सोनार) विरुद्ध यस्तो मुद्दा दर्ता भएको हो ।
    उनीहरुबाट बरामद भएको भारतीय मुद्रा ५०० दरका भारतीय नोट ४२३६ थानको २१ लाख १८ हजार र २०० दरका १०० थानको २०००० गरी एक्काइस लाख अठ्त्तिस हजार भारतीय मुद्रा अबैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्ने गरेकोले नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरले चौत्तीस लाख चौबिस हजार सात बिगो कायम गरी प्रतिवादीहरुविरुद्ध मुद्दा दर्ता गरिएको घिमिरेले जनाएका छन् ।

    त्यसैगरी विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको युपि५५एम०४५९ नम्बरको भारतीय गाडी विदेशी विनिमय अपचलनको कसूरमा प्रयोग भएको हुँदा उक्त सवारी साधनलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम समेत जफतको मागदाबी लिई प्रतिवादीहरुसहित बिहीबार कपिलवस्तु जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको हो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २५, बिहीबार २१:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP