• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पूर्वमन्त्री प्रदीप नेपालको निधन

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १६:५५
    3K
    SHARES
    पूर्वमन्त्री प्रदीप नेपालको निधन

    काठमाण्डाै, २३ बैशाख । वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौकाे थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उहाँलाई आईसीयूमा सारिएको थियो । नेता नेपाल २०१० साल पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मिनुभएको हो । एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गर्नुभएको थियो ।

    नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । साहित्यकारसमेत रहेका नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाउनुभएको थियो । २०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उहाँ सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहनुभएन । उहाँ सप्तकोशी मिडिया प्रालिको अध्यक्षसमेत हुनुहुन्थ्यो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP