• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भारतको छात्रावासमा नेपाली छात्रा मृत फेला

    • lumbinisanjal
    • २०८२ बैशाख १९, शुक्रबार ०८:१२
    3.3K
    SHARES
    भारतको छात्रावासमा नेपाली छात्रा मृत फेला

    काठमाडौं ,१९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन् । बिहीबार पर्साकी प्रिसा साह मृत फेला परेकी हुन् ।

    उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

    गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् ।

    उनको मृत्युको कारण खुलिसकेको छैन् । साहको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।- खवरहव



    lumbinisanjal   
  • २०८२ बैशाख १९, शुक्रबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP