• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत

    • lumbinisanjal
    • २०८१ चैत्र २८, बिहीबार १०:१६
    1.6K
    SHARES
    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत

    काठमाडौं,२८ चैत ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए ।

    कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसला विपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजीनामा दिएको जनाएको थिए ।

    उनले राजीनामा दिएको २ साता पछि आज स्वीकृत भएको हो ।



    lumbinisanjal   
  • २०८१ चैत्र २८, बिहीबार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP