• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    घरेलु कार्यालय रुपन्देहीद्वारा सैनामैना बजारमा अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १२:५९
    2.9K
    SHARES
    घरेलु कार्यालय रुपन्देहीद्वारा सैनामैना बजारमा अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट

    बुटवल , १५ चैत । रुपन्देहीको सैनामैनामा बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ ।

    घरेलु तथा साना कार्यलय रुपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिदार्थनगर भैरहवा,ईलाका प्रशाशन कार्यलय बुटबल सैनामैना उद्योगवािणज्य सघका प्रतिनिधि संञ्चारकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले सैनामैनामा बजारका विभिन्न ठाउँमा रहेका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो ।  

    अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न अखाद्य पदार्थ जफत गर्नुका साथै सुधारका लागि निर्देशन दिइएको घरेलु तथा साना कार्यलय रुपन्देहीका प्रमुख शारदा भट्राईले बताउनु भयो । उहाले आम उपभोक्ताको स्वास्थ्य जोखिम कम गर्न, स्वच्छता सुनिश्चित गर्न, कानूनी नियमहरूको पालन गराउन, र बजार भाउको भन्दा बढी छ कि छैन भन्ने मूल्य नियन्त्रण गर्ने उदेश्यका साथ यो कार्य गरिएको र यसलाई निरन्तरता दिने बताउनु भयो ।

    टोलीले सैनामैना क्षेत्रका होटल किराना पसल डेरी तथा अन्य खाद्यान्य पसलहरुको अनुगमन थप व्यवस्थापनका लागि सुझाव र म्याद गूजे्रेका समान नष्ठ गरिएको बताउनु भयो। अनुगमनमा बिभिन्न पशलबाट म्याद काजु घिउ साबुन किसमीस ल्याड सुकमेल दालमोठ बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यलय भैरहवाका बरिष्ठ शाखा अधिकृत लोककुमार कार्किले बताउनु भयो ।

    अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी भैरहवाकी सोनीला गौतम ,उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिदार्थनगर भैरहवा अधिकृत हिमलाल भुसाल, ईलाका प्रशाशन कार्यलय बुटबलका प्रतिनिधि राम प्रसाद शर्मा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेल, मुर्गिया प्रहरी कार्यलयका प्रतिनिधि कबि शेन्चुरी घरेलु तथा साना उद्योग कार्यलय भैरहवाका लेखा अधिकृत गणेश रायमाझी कार्यलयका उद्यम बिकास सहजकर्ता अनन्त पन्थी पत्रकार चन्द्रकान्त खनाल रमेश भन्डारी लगायको सहभागीतामा अनुगमन गरिएको थियो ।

     

     

     

     



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP