• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सहिद आलोकको स्मृतिमा फुटशल प्रतियोगिता सुरु

    • lumbinisanjal
    • २०८१ चैत्र १४, बिहीबार ०८:३०
    3K
    SHARES
    सहिद आलोकको स्मृतिमा फुटशल प्रतियोगिता सुरु

    बुटवल ,१४ चैत । सहिद यादवनाथ आलोकको स्मृतिमा रुपन्देहीको तिलोत्तमामा फूटशल प्रतियोगिता सुरु गरिएको छ । सहिद यादवनाथ आलोक स्मृति केन्द्र र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा भएको तेस्रो फूटशल प्रतियोगिताको बिहिबार नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो ।

    तिलोत्तमा नगरपालिका वडा नं. ७ सनराईज स्पोर्सट (फूटशल कोर्ट)मा भएको कार्यक्रममा बोल्दै उहाँले प्रतियोगिताले सहित यादवनाथ आलोकलाई चिरस्थायी बनाउन मद्धत गर्ने बताउनु भयो । उहाँले सहिदका नाममा गरिने खेलकुदका कार्यक्रमले खेलाडिको स्वास्थ्यसगसंगै सहिदलाई चिरस्थायी बनाउने बताउँदै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    सहिद यादवनाथ आलोकको ४१ औं स्मति दिवसको अवसरमा आज र भोली सञ्चालन हुने तेस्रो फूटशल प्रतियोगिता तिलोत्तमा नगरपालिका भित्रबाट १६ वटा टिम सहभागि भएको प्रतियोगिताका संयोजक तथा नेपाल तरुण दल तिलोत्तमाका कार्यवाहक अध्यक्ष होम पौडेलले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा नगरपालिकाका १७ वटै वडाबाट तरुणदलको नेतृत्वमा फूटशल टिम बोलाईएको थियो ।

    उहाँका अनुसार प्रतियोगितामा आज (बिहिबार) क्वाटरफाईनल सम्मका खेल सकिनेछन् भने भोली (शुक्रबार) सेमिफाईनल र फाईनल प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई १५ हजार रुपैया नगद पुरस्कार सहत शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृट खेलाडि, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक ३ जना खेलाडिलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनु भयो ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहिद यादवनाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्याल सहिदको सम्मान र उनीहरुलाई चिरस्थाई राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको बताउँदै प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि खेलाडि तथा सहभागि सबैलाई आग्रह गर्नुभयो ।

    त्यस अवसरमा वडा अध्यक्ष नारायण ढकाल, नेपाली काँग्रेस रुपन्देहीका सदस्य तथा तरुण दल तिलोत्तमाका संस्थापक अध्यक्ष खिम क्षेत्री, अर्जुन क्षेत्री हापुले आफ्नै गाउँठाउँमा भएका कार्यक्रममा आफ्नो तहबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र १४, बिहीबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP