• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    • lumbinisanjal
    • २०८१ चैत्र ११, सोमबार १६:३१
    4.5K
    SHARES
    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं, ११ चैत ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । आज नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो ।

    केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ११, सोमबार १६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP