• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लिङ्देनले गर्ने भए राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व

    • lumbinisanjal
    • २०८१ चैत्र ६, बुधबार ०६:०२
    2.8K
    SHARES
    लिङ्देनले गर्ने भए राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व

    काठमाडौं, ०६ चैत । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने भएको छ । मंगलबार धुम्बाराहीस्थिति केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व राप्रपा र अध्यक्ष लिङ्देनले गर्ने निर्णय गरेको हो ।

    बैठकमा आन्दोलनको नेतृत्व तथा समसामयिक राजनीतिक परिस्थिति, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    साथै हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका मागलाई समेत आन्दोलनमार्फत मुखरित गर्ने निर्णय बैठकले गरेको छ । राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रम तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा बस्ने र आन्दोलनका आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ६, बुधबार ०६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP