• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आज कहाँ–कहाँ हुन्छ वर्षा र हिमपात ?

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार ०७:०२
    624
    SHARES
    आज कहाँ–कहाँ हुन्छ वर्षा र हिमपात ?

    काठमाडौं,३० फागुन । हाल नेपालमा न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले वाग्मती र गण्डकी प्रदेशलगायत कोसी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानहरू तथा वाग्मती प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा कोसीको तराईलगायत कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

    त्यसैगरी, राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    महाशाखाका अनुसार, हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । रासस



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP