• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र २, शनिबार ०४:२५
    2.2K
    SHARES
    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं, ०२ चैत । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो।

    शनिबार बिहान ४ बजेर ३० मिनेट जाँदा काठमाडौँ ३२ तीनकुनेस्थित गौरीगाउँ पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो। टिपरले एकिन विवरण नखुलेको प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो। दुर्घटना लगत्तै गम्भीर घाइते भएका रमेश र सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

    गम्भीर घाइते तामाङद्वयको उपचारकोक्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिपरलाई विमानस्थल कार्गोभित्र फेला पारेर नियन्त्रणमा लिएको छ। चालक फरार भए पनि प्रहरीले टिपरको मालिकसँग सम्पर्क भइसकेको जानकारी गराएको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र २, शनिबार ०४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP